पर्वत प्रहरीले शिक्षक मृत्युको रहस्य पत्ता लगाउन नसकेपछि भन्यो–यो घटना पर्वतको होइन

Posted on: 21 Jul, 2017

 पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको छानबिनका लागि बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाएको छ । पर्वत प्रहरीले लामो छानबिनबाट कुनै प्रमाण फेला पार्न नसकेपछि घटना घटेको स्थल बाग्लुङ भएको भन्दै छानविन गर्न बाग्लुङ पठाएको हो । गत जेठ २५ गतेदेखि बेपत्ता बनेका पौडेलको शव १५ दिन पछि वाग्लुङ जिल्लाको जैमुनि गाउँपालिका ८, बेलवगर स्थित कालिगण्डकी नदि किनारमा फेला परेको थियो । पर्वत प्रहरीले दिएको जानकारी अनुसार पौडेलको शव वाग्लुङ जिल्लामा भेटिएको र बाग्लुङ जिल्लाबाट पत्र साथ जाहेरी दर्खास्त लगायतका कागजातहरु पर्वत प्रहरीमा प्राप्त भएकाले अनुसन्धान गरिरहेको भएपनि हालसम्मको अनुसन्धान तहकिकात तथा उपलब्ध तथ्य, प्रमाणवाट यस जिल्ला अन्तर्गत वारदात स्थल पुष्टि हुन नआएको हुदा शव फेला परेको स्थानलाई घटनास्थल मानिने भन्दै बाग्लुङ नै पठाईएको बताइएको छ ।

पर्वत प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयसँगको रायको आधारमा घटनास्थल मानिने मुलुकी ऐन अदालती वन्दोवस्तिको २९ नं. को (२) अनुसार सोही ईलाकाको अड्डावाट हेर्नुपर्छ भनि उल्लेख भएको हुदा सोही अनुसार गर्नु हुन भनि पक्राउ परेका प्रतिवादीहरु र सक्कल मिसिल समेत थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय वाग्लुङ पठाईएको बताएको छ । शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सीपल र २ जना अभिभावक सहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएको थियो । पर्वत प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको भएपनि कुनै तथ्य फेला पार्न सकेको छैन । यता बिद्यालयका अभिभावक, ब्यावस्थापन समिति, बिद्यार्थी तथा प्रिन्सीपल बिमल पौडेलका आफन्तहरुले भने बिनाकारण गिरफ्तार गरि प्रहरीले अनावश्यक दु:ख दिएको बताएका छन् ।

http://phalewassandesh.com/userfiles/

यस बिषयमा तपाइको प्रतिक्रिया...!