एमालेवाट निर्वाचित आर्थरका वडा अध्यक्ष भिमप्रसाद गुरुङ अख्तियारको फन्दामा

Posted on: 22 Jul, 2017

साजन परियार, पर्वत । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले छानविन थालेको छ ।
विभिन्न शिर्षकमा अख्तियारले वडाध्यक्ष भिमप्रसाद गुरुङलाई अनुसन्धान थालेको हो । पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा उहाँमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


नवनिर्वा्चित वडाध्यक्ष गुरुङलाई अख्तियारमा तारेखमा वोलाएर अनुसन्धान गरिरहेको जनाएको छ । अख्तियारमा मुद्धा परेपछि अध्यक्ष विवादित वन्नुभएको छ । दुईवर्षे कार्यालय पञ्चकोशी माविको अध्यक्ष हुँदा रकम लिएर शिक्षक नियुक्ति गरेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालय मार्फत पटक पटक पत्र काटेर जवाफ माग गरिएको अख्तियार पोखराले जनाएको छ ।


पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा उहाँमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


त्यस्तै सहकारी र भिडिएएफ कार्यक्रमको अनियमितताका वारेमा जिल्ला समन्वय समिति मार्फत स्पष्टिकरण लिईरहेको पनि जनाइएको छ । गुरुङले पञ्चकोशी पञ्चधाम सहकारीमा १४ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर भएको छ भने भिडिएफ कार्यक्रमको १२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारमा मुद्धा दायर भएको छ ।


 उहाँले वडामा निर्वा्चित भएपछि पनि नियमविपरितका काम गर्दै आएको स्थानीयले आरोप लगाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!