अपडेट ग्वालीचौर दुर्घटना २ को अबस्था गम्भीर, गृहमन्त्रालयबाट हेलिकाप्टर पठाउने तयारी

Posted on: 24 Jul, 2017

बागलुङ बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ ।

जलजलाबाट खर्बाङ तर्फ आउँदै गरेको जीप साबिक गौलिचौर गाबिस–३ दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ ।

ध १ ज १८४ नम्बरको जीप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटना स्थाल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए । दुर्घटनामा परि बाढिगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाईजा, वडा नम्बर–८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर–४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्युभएको हो । जीपमा ११ जना यात्रु सवार थिए । घाईते ६ जनाकै अहिले ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार हुँदैछ । भीरबाट तल खसेको जीप टुक्रटुक्रा परेको प्रहरीले जनाएको छ । उद्धारमा समेत कठिनाई भएको प्रहरी सहायक निरीक्षक लम्सालले बताए । साँघुरो बाटोमा हिलो समेत भएकाले मोड्ने क्रममा जीप अचानक सडकबाट तल खसेको देखिएको उनले बताए ।

घाईतेको उपचारको लागि गृहमन्त्रालयबाट हेलिकप्टर ल्याउने विषयमा कुराकानी भएको बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

ग्रह मन्त्रालयबाट मौसम हेरेर तत्काल हेलिकप्टर पठाउने कुरा भएको उनको भनाई छ ।

घटना स्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीले घाईतेको उद्धार गर्दैछन् । घटना बारे थप विवरण आउन बाँकी रहेको बागलुङका प्रहरी प्रमुख एसपी चन्द्र कुबेर खापुङले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!