ओखलढुंगेहरुले काठमाण्डौ पुगेर देखाए ‘जात्रा’

Posted on: 04 Aug, 2017

पूर्णप्रसाद न्याैपाने,साउन २० अाेखलढुंगा । ओखलढुंगाका नेवारी युवाहरुले शुक्रबार काठमाण्डौ पुगेर लाखे नाच प्रदर्शन गरेका छन् । यस अघि ओखलढुंगा र आसपासका जिल्लाहरुमा पुगेर लाखे देखाउँदै आएका ओखलढुंगाका नेवारी युवाहरुले शुक्रबार राजधानी स्थित बसन्तपुर क्षेत्रमा लाखे प्रदर्शन गरेका हुन् ।


हाम्रो ओखलढुंगा समाज सेवा ओखलढुंगा र ओखलढुंगा समाज सेवा काठमाण्डौंको संयुक्त आयोजनमा लाखे प्रदर्शन गरिएको जनहित गुठी अन्तरगत लाखेजात्रा व्यवस्थापन उपसमितिका अशेष श्रेष्ठले बताउनुभयाे । भोलि शनिवार पनि राजधानीका विभिन्न स्थानमा लाखे प्रदर्शन गरिने स्राेतकाे भनाइ उद्रित गर्दै पत्रकार संगिता अधिकारीले जानकारी दिनुभयाे । उहाँका अनुसार लाखेकाे सिद्धिचरण नगरपालिकाका मेयर माेहन श्रेष्ठ लगाएतले नेतृत्व गरिरहनुभएकाे छ । 





ओखलढुंगा सदरमुकामका नेवार सामुदायका युवाहरू आफ्नो संस्कृति र परम्परा जोगाउन जुट्न थालेका छन् । आफ्नो लोप हँुदै गएको संस्कृति र परम्परा जोगाउन सदरमुकामका नेवार समुदायका युवाहरू जुट्न थालेका हुन् ।


 नेवार समाजमा विशेष कार्यक्रम र महोत्सवजस्ता विभिन्न कार्यक्रमहरू बाहेक आफ्नो संस्कृति र परम्परा लोप हुँदै गएको भन्दै संस्कृति र परम्परा संरक्षणमा स्थानीय नेवार समुदायका युवाहरू जुटेका हुन् । विशेषत नेवार समुदायमा यो समय  लाखेनाच्ने चलन छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!