दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस विशेष कार्यक्रम ओखलढुंगामा सुरु

Posted on: 08 Aug, 2017

पूर्णप्रसाद  न्याैपाने, साउन २४, अाेखलढुंगा । दाेस्राे सामुदायिक वन राष्ट्रिय दिवस ओखलढुंगामा विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरिएको छ । संघियतामा सामुदायिक वन,स्थानीय समुदायको पहिचान भन्ने मुल नाराका साथ जिल्ला वन कार्यालयको अगुवाईमा दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । तीन दिन सम्म विभिन्न कार्यक्रम गर्ने योजना अनुसार कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर जिल्लामा सामुदायिक वनको अवस्था,सामुदायिक वनका सवल पक्ष,समस्या र सामुदायिक वन सँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया गरेको छ ।


भोली बुधबार दोस्रो दिन र्याली र सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र तेस्रो दिन वृक्षारोपण कार्यक्रम गर्ने योजना रहेको जिल्ला वन कार्यालयका सुचना अधिकारी शुसान्त पोखे्रलले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि विहान खाद्यसंस्थानबाट सुरु हुने ¥याली नगर परिक्रमा गरि जिल्ला समन्वय समिति परिषरमा पुगेर कोणसभामा परिषणत हुनेछ ।  सामुदायिक वन उपभोक्ता महासंघ र सवल कार्यक्रमले पनि दिवस विषेश कार्यक्रममा साझेदारी गर्ने जनाईएको छ ।

सामुदायिक वन संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : जिल्ला वन अधिकृत साह

यसैविच जिल्ला वन अधिकृत विरेन्द्र साहले सामुदायिक वन संरक्षणमा सबैको भूमिका महत्वपूर्णहने बताउनुभयो । मंगलबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला वन अधिकृत साहले कुनै एक पक्षको प्रयासले मात्रै यो सम्भव नरहेको भन्दै साझा प्रयासले मात्रै सामुदायिक वन संरक्षण हुने बताउनुभएको हो । सामुदायिक वनमा सबैको पहुँच पु¥याउने लक्ष्य अनुसार जिल्लामा काम भईरहेको समेत उहाँको भनाई थियो । ओखलढुंगामा अहिले ३ सय ४८ वटा सामुदायिक वन रहेका छन् । २९ हजार ९ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनबाट जिल्लाका करिब ८० प्रतिशत नागरिक लाभान्वित छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!