प्रजिअको पहलमा ‘सफा ओखलढुंगा’ अभियान सुरु

Posted on: 26 Aug, 2017


पूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुक्रबार जिल्ला प्रशासन कार्यालय वरपर सरसफाई गरेर अभियान सुरु गर्दै सबै जिल्लाबासीलाई सरसफाईमा जुट्न आग्रह गर्नुभयो । सरकारी कार्यालयहरुलाई हरेक शुक्रबार अभियानात्मक रुपमा कम्तीमा १५ मिनेट समय दिएर आफु वरपरको वातावरण सरसफाई गर्न प्रजिअ पन्तले निर्देशन दिनुभएको छ । 

‘सबैले आफु बस्ने ठाँउ आफैं सफा गरे सफा र स्वच्छ समाज आफैं बन्छ’प्रजिअ पन्तले भन्नुभयो ‘नियमीत सरसफाई त हुन्छ नै त्यसको अलवा अभियानका रुपमा गरिने सरसफाईले सकारात्मक सन्देश प्रवाह हुन्छ र सभ्य समाज निर्माणमा टेवा पुग्छ ।’

स्थानीयबासी र भाडामा बस्नेहरुले पनि आफ्नो घरबाट निस्किएको फोहोर व्यवस्थापन गर्न ध्यान दिनुपर्ने भन्दै प्रजिअ पन्तले जथाभावि फोहोर नगर्न आग्रह गर्नुभएको छ ।  फोहोरको उचित व्यवस्थापन गर्न र सफा नगर बनाउने कार्यमा जुट्न प्रजिअ पन्तले सिद्धिचरण नगरपालिका र स्थानीय तथा व्यवसायीहरुलाई निर्देशन दिईसक्नु भएको छ ।


यस अघिपनि सफा र स्वच्छ सिद्धिचरण नगर बनाउन सरसफाई विशेष अभियान सञ्चालन गरिएको भएपनि त्यसले निरञ्तरता नपाउँदा बजारक्षेत्र अहिले पनि दुर्गन्धीत छ ।  व्यवसायी र स्थानीयबासीको सरसफाई सम्बन्धि आनिबानीमा सुधार नभएकाले प्रशासनले यस अघि सुरु गरेको अभियानले पूर्णता पाउन नसकेको बताईएको थियो । 

सिद्धिचरण नगरपालिकाले जथाभावि निर्माण सामाग्री राख्ने,पार्कीङ गर्ने र फोहोर थुपार्र्नेलाई कारबाही गर्ने चेतावनी दिएको भएपनि त्यो कार्यन्वयनमा आउन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!