जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

Posted on: 05 Sep, 2017

भदौ २०, मनाङ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् । 

दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो । 

नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग१ज ६३१५ नं को जीप भ्राताङ खोला नजिकै दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

जिप सडकबाट करिब ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो । अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!