घाँस काट्न गएकी दुर्गाकाे भिरबाट लडेर ज्यान गयाे

Posted on: 19 Sep, 2017

असोज ३,ओखलढुंगा । ओखलढुंगामा भिरबाट लडेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७ च्यानमकी दुर्गा कुमारी नेपालीको आज घाँस काट्न जाँदा भिरबाट लडेर  मृत्यू भएको हो ।

सुनकोशी गाउँपालिका  ७ र ८ को सिमानामा पर्ने चप्लेटी भिरबाट लडेर घटना स्थलमै उनको ज्यान गएको स्थानीय कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मृतक नेपालीको शव परिवार र स्थानीयले घटनास्थलबाट उठाएका थिए । घटना शंकास्पद नरहेकाले प्रहरीलाई खबर नगरिएको स्थानीयले बताएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!