आठौँ लिगलिगे दौड प्रतियोगिताको तयारी पूरा, दौड जित्नेलाई श्रीपेच

Posted on: 23 Sep, 2017

मनोज पराजुली/असोज ७, गोरखा । लिगलिगकोट विकास अभियानले आठौँ लिगलिगे दौड प्रतियोगिताको आवश्यक सम्पूर्ण सम्र्पूण तयारी पूरा भएको जनाएको छ । 

लिगलिग कोट बिकास अभियानले आयोजना गदै आएको लिगलिगे दौड प्रतियोगिता असोज ९ गते हुँदैछ । लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि २०६७ सालदेखि लिगलिगे दौडको आयोजना गरिदै आएको हो । दौडमा सहभागी हुनका लागि एक सय भन्दा बढी धावकहरुले नाम दर्ता गराएका लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए । दौड प्रतियोगितामा धावक बैकुण्ठ मानन्धर देखि स्थानीयहरुको समेत सहभागिता रहनेछ ।

लिगलिगे दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडी सम्मको १३.८ किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

दौडमा प्रथम हुने खेलाडीलाई नदग ५० हजार श्रीपेच, पगरी, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीय हुनेले ३० हजार ३ सय ५ ट्रफी,मेडल प्रमाणपत्र र तृतीयलाई नगद २० हजार २ सय ५ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै चौँथो हुनेले नगद १० हजार १ सय ५,पाचौँलाई ५ हजार ५,छैँटौँलाई ४ हजार ४,सातौँलाई ३ हजार ३ र आठौँलाई २ हजार २ नगद प्रदान गरिने गरिनेछ । 

महिलाहरुको खुल्ला र लिगलिग बासीका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुनेलाई क्रमश १५ हजार ५,१० हजार ५ र ५ हजार ५ नगद सहित ट्रफी,मेडल प्राप्त गर्नेछन् । लिगलिग दौड प्रतियोगिताका लागि १४ लाख ४४ हजार ८ सय रुपैया खर्च हुने अभियानका अध्यक्ष रानाले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!