प्युठानमा आयो ‘प्रहरी हाम्रो टोलमा’

Posted on: 08 Oct, 2017

सलिम अन्सारी/असोज २२, प्युठान । जिल्ला प्रहरी कार्यलय प्युठानले सुरु गरेको ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रमले सम्बृद्ध समाज निर्माणमा सहयोग पुर्याउने बिश्वास लिइएको छ ।

आइतबार सरुमारानी गाउपालिकाको केन्द्र बड्डडाडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलले शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी प्रशासन भन्ने मुल नाराका साथ अभियान सुरु गरिएको बताए ।

असोज ६ गते बाट गृहमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको प्रशासन सुधार निर्दे्शिका अनुसार देशैभर यो अभियान सञ्चालन भए अनुरुप प्युठानमा पनि  कार्यक्रमलाइ तिब्रता दिएको उनको भनाइ छ । ‘प्रहरी र नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउने उद्वेश्यले सुरु गरिएको अभियानले समाजमा दिगो

शान्ति स्थापनामा सहयोग पुग्नेमा आफु बिश्स्त भएको डिएसपी पोख्रेलले बताए ।  ‘ब्लक पोलेसिङ अर्थात् टोल टोलमा प्रहरी सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेकाले लक्ष्यमा पुग्न नागरिक समाजका अगुवा, सरोकारवाला र नागरिकको भुमिका विशेष हुने उनको भनाइ छ ।’

अभियान अन्तरगत स्थानीय टोल सुधार समिति गठन गर्ने, एक प्रहरी एक टोल अवधारणा अघि बढाउने, सिसिटिभि र साइरन जडित टोल सुधार समिति निर्माण गर्ने, समुदाय स्तरमा अन्तरक्रिया गर्ने, हिँसा र दुव्र्यवहारजन्य घटना न्यूनीकरणमा कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको पोख्रेलको अबधारणा पत्रमा उल्लेख गरिएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्ण प्रसाद घिमिरेले प्रहरिले ल्याएको यो कार्यक्रम जनता मै केन्द्रीत हुने बताए । राज्यले संचालन गरेको अभियानमा हातेमालो गर्न सबैलाइ उनको आव्हान छ । 

अभियानबाट समाजमा हुनसक्ने सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा, लागुऔषध, लगायतका अन्य विकृति नियन्त्रण र सामाजिक विकास सुरक्षा प्रणालीको कार्यमा सघाउ पुग्ने छ प्रजिअ घिमिरेले बिश्वास ब्याक्त गरे ।

कार्यक्रमका सबैजसो बक्ताहरुले प्रहरि हाम्रो टोलमा अभियान महत्वपुर्ण रहेको भन्दै यस्लाइ लक्षयमा पुर्याउन र नागरिकलाइ महसुस हुने गरि प्रहरी सेवा दिनुपर्नेमा जोड दिएका थिए।सरुमारानी सुरक्षाका दृष्ट्रीकोर्णले अति संबेदनशिल रहेको भन्दै यहाँ रहेको अस्थायी प्रहरी पोष्ट्रलाइ स्थायी बनाउन र थप जनशक्तिका लागि पहल गर्न सुरक्षा अधिकारी समक्ष आग्रह गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!