प्युठानमा साझ ६ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

Posted on: 18 Oct, 2017

कात्तिक १, प्युठान | जिल्ला प्रहरी कार्यालय प्युठानले तिहारमा साझ ६ बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ ।

शान्ति सुरक्षालाई लक्षित गरी  सझ ६ बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न प्रहरीले अनुरोध गरेको हो। प्रहरीले कार्तिक दुई गते बिहिबार देखि लागू हुने गरि सो कुराको जानकारी गराएको हो।

त्यस्तै, हिन्दुहरुको महान पर्व तिहारका बेला पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोगमा समेत प्रहरीले रोक लगाएको छ।साथै मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने र असान्ती फैलाउन समेत मनाही गरिएको छ ।

यदि कोहि कसैले यस्तो नियमको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहातका इकाइ कार्यालय मार्फत सर्बसाधारणमा उक्त जानकारी गराइएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!