प्यूठानमा व्यवसायी केसिको हत्या

Posted on: 22 Oct, 2017

सलिम अन्सारी | कात्तिक ५, प्यूठान । प्यूठानमा एक ब्यबसायीको हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ बाहाने बजारमा ब्यापार व्यवसायी गरि बस्ने ३८ बर्षिय वसन्त बहादुर केसिको हत्या भएको हो । 

भाइटीकाको दिन एक्लै घरमा रहेका के.सी. आइतबार  आफ्नै घरमा मृत भेटिएका हुन् ।

विहान अवेरसम्म पसल नखुलेपछि आफन्तले सटर खोलेर हेर्दा उनको शव फेला परेको थियो । शरिरमा कुटपिटको दाग, घर वरपरको स्थिति हर्दा हत्या भएको मृतकका दाजु गोविन्द के.सी.ले बताए ।

घटनाको प्रकृति हेर्दा केसिको स्वभाविक नभइ शंकास्पद मृत्यु देखिएको  प्रहरी श्रोतले बताएको हो।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपि राजेन्द्र पोख्रेलले बताए। मृतक केसीको परिवारमा श्रीमती, एक छोरा, दुई छोरी र आमा छन् । मृतक केसि एक सफल ब्याबसायीका रुपमा परिचित छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!