प्युठानको इलाका प्रशासन प्रभावहिन, १५ वडाका स्थानीय मारमा

Posted on: 26 Oct, 2017

सलिम अन्सार/कात्तिक ९, प्यूठान । सर्वसाधारणलाइ पाएक पर्ने स्थानमै सेवा सुविधा उपलव्ध गराउन सरकारले स्थापना गरेको इलाका प्रशासन कार्यालय प्रभावहिन पाइएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका अन्र्तगत इलाका प्रशासन कार्यालय  चकचके जस्पुरमा मालपोत र नापी खुलेको महिनौ बितिसक्दा पनि काम थालिएको छैन। दुवै कार्यालयले गत असार देखि घर भाडामा लिएर कार्यालय खोलेका हुन । 

दक्षिणी प्यूठानका अहिलेका १५ वडाका नागरिकलाइ सेवा दिने गरि कार्यालय स्थापना गरिए पनि सेवा प्रवाहमा सरकारी चासो पुग्न सकेको छैन। दुर्गम भेगका बासिन्दालाइ नापी र मालपोत सम्बन्धि कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । 

गाउँघरमै काम हुने भन्दै हौसिएका स्थानीय सेवा नपाउँदा खिन्न छन । नापी तथा मालपोतको काम गर्न सदरमुकाम जानुपर्दा दुइ हजार भन्दा बढि रकम खर्चनुपर्ने सर्वसाधारणको बाध्यता छ । 

एकिकृत सेवा प्रवाहमा ढिलाइ हुँदा माण्डवी गाउँपालिका सहित स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकाका बासिन्दा प्रत्यक्ष मारमा परेका छन। क्याभिनेटबाट  इलाका प्रशासनको कार्यक्षेत्र निर्णय भइ आउँदा यहाँका चार वटा वडा अखित्यारीपत्रमा छुटन गएकाले सेवाप्रवाहमा ढिलाइ भएको इलाका प्रशासन कार्यालय जस्पुरले बताएको छ । अखित्यारी पत्रमा स्वर्गद्धारी नगरपालिकाका ३ वटा वडा र सरुमारानीको १ वटा वडा छुटेको कारण पुन बिभागले मन्त्री परिषदमा प्रस्तावको तयारी गरेको बताइएको छ । 

प्रश्ताव स्विकृत भइ आए पश्चात काम सुचारु गरिने इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख शेर बहादुर बिकले जानकारी दिए ।  सेवा चाडै सुचारु गछौँ उनले भने । कार्यक्षेत्र स्विकृत भइ आएका यी चार  बाहेकका अन्य एघार वडाका स्थानीयले समेत नापी र मालपोत सम्वन्धी कामकाज हुन सकेको छैन । सरकारले यहाँ मालपोत कार्यालय प्रमुख समेत खटाएको छैन । 

चकचकेमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी अभाब रहेको श्रोतले बताएको हो। माथिल्लो निकायमा कर्मचारी व्यावस्थापनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डा कृष्ण प्रसाद घिमीरेले बताए । 

दक्षिणी प्यूठानका स्थानीयले प्रशासनिक काम कै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता चाडै अन्तय हुने उनको भनाइ छ । कर्मचारी व्यावस्थापन हुन नसक्दा सेवा सुचारु गर्न नसकिएको प्रजिअ घिमीरेले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!