गुण्डागर्दी अन्त्य गर्ने पाँच नम्बर प्रदेश प्रहरी प्रमुखको प्रतिबद्धता

Posted on: 28 Oct, 2017

कात्तिक ११, प्युठान । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख मिङमार लामाले गुण्डागर्दि अन्तय गरिने बताउनुभएको छ । 

प्रदेशको मातहतको सुरक्षा अबस्था बारे जानकारि लिन गुल्मी पुग्नुभएका लामाले गुण्डागर्दी गर्ने जो कोहिलाइ पनि नछाडिने बताउनुभयो । उहाले गुण्डागर्दीमा संलग्नलाइ कानुनि डायरामा ल्याउने बताउनुभएको हो।प्रदेश प्रमुखको रुपमा दाङ आएपछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न केहि दिन निस्किनु भएको थियो ।

राजापुर बर्दिया गुलरिया लगाएतको ठाउमा पुगेर सुरक्षा अबस्थाको बारेमा बुझेर फर्किएका लामा विहिवार प्युठान, अर्घाखाचि र शुक्रबार गुल्मी पुगेर अनुगमन गर्नु भएको हो । 

बर्दियाका मुख्य मुख्य प्रहरी ईलाकाहरुको औपचारिक भ्रमण गर्दै उहाले निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिनुभयो । पाँच नम्बर प्रदेशमा रोल्पा र रुकुम पुर्वी र पश्चिममा हुन लागेको निर्वाचन शान्तिपुर्ण हुने र निर्वाचन विरोधि गतिविधि प्रहरीले नियन्त्रणमा गर्नेसमेत लामाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय गुलरिया देखि ईलाका प्रहरी कार्यालय राजापुर इप्रका मैना पोखरी लगाएतका प्रहरी ईकाईहरुमा खटिएका प्रहरीलाई लामाले बिर्फिङ्ग गर्नुभएको थियो । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय प्युठान, अर्घाखाचि, गुल्मीको औपचारीक भ्रमणको रुपमा लिनुभएका एआइजी लामाले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाउन पनि आग्रह गर्नुभयो । साथै समाजमा रोगको रूपमा रहेको गुंडागर्दी जरैदेखि समाम्त पार्न आज बाट जिल्लाहरुका प्रहरी प्रमुख हरुलाई निर्देशनसमेत दिएको बताएका छन् । प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनौती समेतलाई सम्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणले सहयोग पुर्याएको विश्वास लिईएको छ ।

भ्रमणका क्रममा प्रहरीलाई आबस्यक पर्ने भौतिक सुविधा तथा आबस्यकताका बारेमा पनि बुझ्नु भएको थियो । सागर थापाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!