उदयपुरमा सुमो दुर्घटना: ८ को मृत्यु, ३ जना घाइते (अपडेट)

Posted on: 30 Oct, 2017

कात्तिक १३, उदयपुर । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

सोमवार कटारीबाट ओखलढुगाको लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं. ८ ठाँटीमा दुर्घटना भएको हो । 

दुर्घटनामा ८ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई कटारी अस्पतालमा उपचारका लागि पठाइसकेको छ । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । 

टाटासुमो कटारीबाट ९ जनाको चलान लिएर ओखलढुगाका छुटेको र अन्य यात्रु बाटोमा चढाएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन । 

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!