दैलेखमा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु

Posted on: 10 Nov, 2017

कात्तिक २४, दैलेख | दैलेखमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ४ सियाकोट नजिकै दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

माइक्रोबस सडकबाट झण्डै १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो । दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको उहाँले बताउनुभयो । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!