प्यूठानमा ११ हजार मतदाता र १४ मतदान केन्द्र थपिए

Posted on: 12 Nov, 2017

सागर शर्मा/ कार्तिक २६, प्यूठान । प्यूठानमा प्रतिनिधि सभा र प्र्रदेश सभाको लागि १४ ओटा मतदान केन्द्र थप गरिएको छ । 

यसपटकको चुनावमा १५१ मतदान स्थलमा २०० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

त्यस्तै यस पटक गत स्थानिय तहको निर्वाचनमा भन्दा  ११ हजार १ सय ९४ जना मतदाता थपिएका छन् । यस पटकको चुनावमा प्यूठानमा कुल १ लाख ३८ हजार ६ सय ४१ मतदाता रहेका छन् । 

निर्वाचन क्षेत्र नं. १ मा ६४ हजार ६६८ र क्षेत्र नं. २ मा ७३ हजार ९७३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!