निर्वाचन सुरक्षाका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइयो

Posted on: 21 Nov, 2017



ओखलढुंगा । संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो ।

खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा नेपाली सेनालाई पनि तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताउनु भयो ।

ओखलढुंगा जिल्लामा एक नगरपालिका सहित सात वटा गाउँपालिकामा एक सय ४१ मतदान केन्द्र मार्फत १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!