दुर्घटनामा सहचालकको मृत्यु, चालक घाइते

Posted on: 04 Dec, 2017

मङ्सिर १८, मलेखु (धादिङ) (रासस) | धुनिबेसी नगरपालिका–६ चालिसेमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ७४०७ नं को टिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो । 

विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका टिपर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!