लुत्रले दिए भिजन एफएमलाई निशुल्क जग्गा

Posted on: 26 Dec, 2017

ओखलढुंगा । भिजन एफएम ओखलढुंगालाई भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । भिजन नेपाल ओखलढुंगाले सञ्चालन गरेको भिजन एफएम ९०.५ मेघाहर्जलाई सिद्धिचरण नगरपालिका ६ का स्थानीय समाजसेवी लुत्र बहादुर मगरले जग्गा निशुल्क दिनुभएको हो । मगरले आज मालपोत कार्यालय ओखलढुंगामा नक्सा पास गरि आफ्नो नाममा रहेको ३ आना जग्गा भिजन नेपालको नाममा निशुल्क रजिस्टेशन पास गरि संस्थाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेलाई लालपुर्जा हस्तान्तण गर्नुभयो ।

जग्गादाता मगरले भिजन एफएमले समुदायको विकासमा पु¥याएको योगदानको कदर गर्दै स्टेशन भवन निर्माणका लागि सहयोग गरेको प्रतिक्रिया दिँदै एफएमको प्रगती र निरञ्तरताको शुभकामना व्यक्त गर्नुभयो । यसैबिच भिजन नेपालले जग्गादाता मगर र उहाँको परिवारलाई धन्यवाद दिएको छ । यो सहयोगले समाज रुपान्तरणमा लाग्न थप हौसला मिलेको भन्दै भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जग्गादाता मगरलाई धन्यवाद दिनुभयो । प्राप्त जग्गामा केही समय भित्रै एफएमको स्टेशन भवन निर्माण गर्ने योजना रहेको उहाँको भनाई छ ।

गत फाल्गुण देखि ओखलढुंगा बजारबाट प्रसारणमा रहेको भिजन एफएमको स्टेशन करिब ३ हजार मिटरको उचाईमा रहेको जन्तरखानी स्थित ठाडेमा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!