उदयपुरमा जिप दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

Posted on: 26 Dec, 2017

पुस ११, गाईघाट, उदयपुर (रासस) | उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा आज अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ । 

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

यसैगरी दुर्घटनामा परी घाइतेहुनेमा रौतामाई–४ का गाडी चालक ३५ वर्षीय रत्न राई, सोही स्थानका ४६ वर्षीय भक्तबहादुर सार्की र ४० वर्षीया निर्मला राई रहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । 

घाईतेहरुको उद्धार कार्य जारी रहेको पनि उहाँले बताउनुभयो । 

रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला बोकेर आउँदै गरेको स१च १२२८ नंको उक्त बलेरो जिप जितेनी पाखाको भिरमा अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!