बुटवलमा व्यवसायीमाथि गोली प्रहार

Posted on: 05 Jan, 2018

पुस २१, काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा व्यवसायीमाथि गोलीप्रहार भएको छ । 

अज्ञात समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी बसन्त पौडेल बलु घाइते भएका छन् ।  घाइते पौडेलको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली हान्नेहरुको पहिचान खुलेको छैन ।  

कसले र किन गोली हान्यो भन्ने खुल्न नआएको र अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!