प्युठानमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या, आमा गम्भीर घाइते

Posted on: 05 Jan, 2018

पुस २१, प्युठान । प्युठानमा छोराले बुवाको हत्या गरेका छन् । 

सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जस्पुरका २० वर्षे मोहोनलाल खाम्चाले ५४ वर्षका बुवा रैसिङ खाम्चाको बिहीबार बेलुका दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

चिर्पटले हान्दा घाइते भएका रैसिङको उपचारको क्रममा बिहीबार राति बुटलवलमा ज्यान गएको हो । मोहोनलालले आमाबुवा दुवैको हत्या प्रयास गरेका थिए । आमा छोराको कुटाइबाट गम्भीर घाइते भएकी छन् ।

बिहीबार बेलुका घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहोनलालले एक्कासी आमालाई कुटपिट गरेपति छुट्टाउन गएका रैसिङलाई मोहोनलालले चिर्पटले हानेका हुन् ।

मोहोनलाललाई गाउँलेले पक्राउ गरी प्रहरिलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!