ओखलढुंगा: चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने

Posted on: 06 Jan, 2018

पूर्णप्रसाद न्यौपाने/पुस २२, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने भएको छ । 

कर्मचारीको काम चोर प्रवृति अन्त्य गर्ने उद्धेश्यले पालिकाले विद्युतीय हाजिरी लागु गर्ने भएको हो । पालिका भित्रका सबै विद्यालय,स्वास्थ्य संस्था,वडा कार्यालय लगायत गाउँपालिका समेतका कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्नुपर्ने गाउँकार्यपालिकाले निर्णय गरेको चिशंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो । 

सबै आवश्यक ठाउँहरुमा विद्युतीय हाजिर मेसिन जडानको प्रक्रिया सुरु भईसकेको जनाईएको छ । पालिका भित्रका कर्मचारीलाई तलब समेत विद्युतीय हाजिरलाई नै आधारमानेर निकासा गरिने पालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । 

यो अभ्यासले कर्मचारीहरुलाई आफ्नो काम प्रति जिम्मेवार बनाउने र समयमा कार्यालयमा उपस्थित नहुने गुनासोको समेत अन्त्य हुने उहाँको भनाई छ । ओखलढुंगामा पछिल्लो समय विद्युतीय हाजिर मेसिनको प्रयोग बढ्दै गएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!