बाजुरामा मोटरसाइकलको ठक्करबाट तीन बर्षीय बालिकाको मृत्यु

Posted on: 09 Jan, 2018

पुस २५, बाजुरा । बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ । 

से५प ७३७४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी नेपालीको अछामको बयलपाटामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो । 

मोटरसाइकल चालक मार्तडीस्थित मालिका माविका शिक्षक प्रहरी नियन्त्रणमा छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!