सिन्धुपाल्चोक: ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 14 Jan, 2018

पुस ३०, चौतारा । सिन्धुपाल्चोकको चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा ४ ख २९६० नम्बरको ट्रिपर गएराति साढे ११ बजे दुर्घटना हुँदा ठुलोपाखर निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक अर्का एकजनाको सनाखत हुन बाँकी छ । निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!