बारामा शीतलहर पीडितलाई न्यानो कपडा वितरण

Posted on: 21 Jan, 2018

माघ ७, बारा | श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फाउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गरेको छ । परिषद्का अध्यक्ष मातृका प्याकुरेल, प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहाललगायतको टोलीले औधापुर पुगेर त्यहाँका अतिविपन्न अपाङ्गतायुक्त, वृद्धवृद्धा र एकल महिलालाई प्राथमिकता दिई १०० परिवारलाई कम्बल, टोपी र ट्र्याकसुट वितरण गरेको हो । 

तीन सातायताको शीतलहरले प्रभावित भएकामा राहत पाएपछि कलैया उपमहानगरपालिका–२ का अपाङ्गतायुक्त शिवचन्द पासवानले न्यानो कपडाबाट आफूहरुले पुनर्जीवन पाएको बताउँदै सहयोगी सबैलाई धन्यवाद दिनुभयो । 

स्मृति प्रतिष्ठानका अध्यक्ष दाहालले आफूहरुलाई अरुणिमा योग ध्यान साधना केन्द्र, जापान निवासी विश्वराज गुरुङ, काभ्रेपलाञ्चोकका व्यापारी प्रेम दाहाललगायतले न्यानो कपडा एवं आर्थिक सहयोग गरेको बताउनुभयो । ‘दुव्र्यसन त्यागौँ सेवामुखी बनौँ’ भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय आफ्नो संस्थाले केही दिनअघि सुर्खेत, बर्दिया र रौतहट जिल्लाका ५०० विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिसकेको परिषद्का अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!