विद्यालयलाई पाँचथान कम्प्युटर हस्तान्तरण

Posted on: 23 Jan, 2018

माघ ९, इलाम | पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गर्नुभएको छ । 

सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा आयोजित एक कार्यक्रममा एसएम्वोलका करिब रु एकलाख ५० हजार मूल्य पर्ने पाँचथान कम्प्युटर विद्यालयका प्रधानाध्यापक रघुवीर खड्कालाई हस्तान्तरण गर्नुभएको विद्यालयका लेखापाल अशोक पौडेलले जानकारी दिनुभयो । 

सो विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा शुरु गरेको छ । विद्यार्थीमा कम्प्युटर सिकाइप्रति आकर्षण बढ्दै गएको र आधुनिक शिक्षाका लागि पनि कम्प्युटर आवश्यक परेकाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको समाजसेवी पौडेलले बताउनुभयो । विद्यालयले कम्प्युटर सञ्चालनका लागि सोलार सेटसमेत जडान गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!