तेह्रथुममा चन्दा संकलन गरि मन्दिर निर्माण

Posted on: 25 Jan, 2018

माघ ११, तेह्रथुम |तेह्रथुममा चन्दा संकलन स्थानीयवासीले चन्दा संकलन गरेर बहुधार्मिक मालुङ पालुङ मन्दिर निर्माण गरेका छन् । 

जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवीदेवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । मन्दिरको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । किराँत कालदेखि नै मालुङ–पालुङ ढुंगाको रुपमा परिचित धाममा मन्दिर निर्माण गरी स्थानीयवासीले बहुधार्मिक मन्दिरको नाम दिएका हुन् । लिम्बू भाषामा ‘मालुङ’ भनेको आमा ढुंगा र ‘पालुङ’ भनेको बुबा ढुंगा भन्ने अर्थ हुन्छ । 

मन्दिरमा अहिले किराँत धर्मगुरु फाल्गुनन्द, शिव पार्वती, गणेश, बुद्ध, लक्ष्मी र पाथीभरा देवीको मूर्ति राखिएको छ । ताप्लेजुङको पाथीभरा धाममै पुगेर त्यहाँका शिला ल्याएर राखिएकाले यहाँबाट दर्शन गर्न ताप्लेजङसम्म पुग्न नसक्नेले यहीबाट पनि पाथीभरा देवीको दर्शन गर्न सक्ने मन्दिर निर्माण समितिका कोषाध्यक्ष झइन्द्र खनालले बताउनुभयो । 

मन्दिर निर्माणका लागि स्थानीयवासी २१६ जनाले रु ५०० देखि डेढ लाखसम्म रकम संकलन गरेका छन् । मन्दिर निर्माणका लागि रु १० लाख ५५ हजार खर्च भएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!