सांसद पौडेलद्वारा पुल शिलान्यास

Posted on: 25 Jan, 2018

माघ ११, बुटवल | बुटवल भएर बग्ने दानव नदीमा दुइवटा पुन निर्माण हुने भएको छ 

बुटवलको नमूना अटो भिलेजदेखि टपमजुवामा पर्ने दानव नदीमा निर्माणाधीन १२० मिटर लम्बाइको दानव नदी पुल र बुटवल वडा नं ११ र १३ जितगढी जोड्ने ११३ मिटर लम्बाइको अर्को पुलको आज पूर्व अर्थमन्त्री तथा नवनिर्वाचित सांसद विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभयो । 

पहिलो पुल रु १२ करोड, ६८ लाख, ६४ को लागतमा र दोस्रो पुल रु ११ करोड, ३३ लाख ७७ हजारको लागतमा निर्माण हुने डिभिजन सडक कार्यालयले जनाएको छ । 

सासद पौडेलले पुल निर्माणका लागि बजेटको अभाव नहुनेमा जोड दिंदै निश्चित समयमा सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न स्थानीय जनताको सधैँ ध्यान जानुपर्ने बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!