पाँचथरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 27 Jan, 2018

माघ १३, पाँचथर । याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन् । 

दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । 

ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग१ज ६०८५ नंको जीप गए राति ११ बजेतिर बे्रक फेल भएर सडकबाट करिब ३०० मि तल खसेर दुर्घटनामा परेको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!