ओखलढुंगामा टिप्परको ठक्करबाट १८ वर्षीय युवाको मृत्यु

Posted on: 27 Jan, 2018

माघ १३, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५, बर्णालुमा शनिबार ट्रिपरले निर्माण मजदुरलाई किच्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुन्ड नगरपालिका–८ घर भइ हाल सोही ठाउँको सडकमा काम गर्दै आएका मजदुर १८ वर्षीय बिवायिसी तामाङ छन्।

शनिबार बिहान बा २ ख ९५६४ नम्बरको ट्रिपरले ढुङ्गा अनलोड गरी पछाडी सार्ने क्रममा चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ ।

ट्रिपर चालक फरार रहेकाले खोजी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!