माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु

Posted on: 29 Jan, 2018

माघ १५, चरिकोट | दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । 

बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा आज बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । 

इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आयोजनामा उहाँले ग्राउण्डिङ सर्किटको काम गर्दै आउनुभउको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!