रामेछापमा घरेलु मदिरा वनाउने कच्चा पदार्थमा मुसा र अखाद्य बस्तु फेला

Posted on: 01 Feb, 2018

कैलाश खत्री ।माघ १८ गते, रामेछाप । 

जिल्ला प्रहरी कार्यालय रामेछापले बिहिबार ठुलो परिणाममा घरेलु मदिरा नष्ट गरेको  छ । सदरमुकाम मन्थलीका विभिन्न मदिरा पसलवाट जफद गरेको ११ सय ५० लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गरिने ८ सय ५० किलो कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजकुमार थापाले जानकारी दिए ।

मदिरा नष्ट गर्ने क्रममा मदिरा बनाउदा अखाद्य बस्तु , कुहिएका फलफूल र मुसा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अवैध मदिरा नष्ट गर्ने अभियानलाई निरन्तर जारी राखिने निमित्त प्रहरी प्रमुख थापाको भनाई छ । रामेछापको सदरमुकाम मन्थलीमा इजाजत विनानै दर्जनौ मदिरा पसलहरु संचालन भैरहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!