सल्यानमा टिप्पर दुर्घटना हुदाँ डोटीका एक युवासहित दुर्इ जनाको मृत्यु

Posted on: 03 Feb, 2018

माघ २०, सल्यान । सल्यानमा मालबहाक ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा शुक्रबार साँझ ७: ४० बजेतीर भएको दुर्घटनामा ट्रिपरका चालक र सहचालक दुबैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रिपर चालक बाँकेको कोहलपुर नगरपालिका १ निवासि २७ वर्षिय सुरज वोहोरा भन्ने ज्ञान कुमार वोहोरा र डोटि घर भएका सहचालक अन्दाजी २३ वर्षका रमेश पुन मगर रहेका छन् ।

उनको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा मृत्यु भएको प्रहरी चौकी कपुरकोटका हवल्दार लक्ष्मण भुसालले जानकारि दिएका छन् ।

सिमेन्ट बोकेर दाङबाट रुकुम जाँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर ब्रेक फेल भएर सडकबाट ७० मिटर तल खसेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!