पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङका दुई जनाको मुत्यु, एक घाइते

Posted on: 03 Feb, 2018

माघ २०, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो । 

ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते भएका छन् । उनको उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ । 

ट्र्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!