भरुवा बन्दुकसहित एक जना यसरी परे प्रहरीको फन्दामा

Posted on: 03 Feb, 2018

माघ २०, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९ किमालुङबाट ६३ वर्षीय जगधन राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

राईको घरमा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खोजी गर्दा लोड गरी राखेको एक थान भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले बताए । 

राईलाई म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!