दैलेखमा नवजात शिशुको हत्या गरि गाडेको आरोपमा १९ बर्षीय अविवाहित युवती पक्राउ

Posted on: 05 Feb, 2018

माघ २२, दैलेख । दैलेखमा अबैध सम्बन्धबाट जन्मेको आफ्नै नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ ।

अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया किशोरी जमुना रावललाई सोमबार प्हरीले पक्राउ गरेको हो । विजया माध्यमिक विद्यालय दुल्लूबजारमा कक्षा १२ मा अध्ययनरत अविवाहित ती किशोरीले आफ्नै कोखबाट जन्मेको नवजात शिशु छोरालाई दुल्लू नगरपालिका–४, बारतडी भन्ने ठाउँमा माटोमा गाडेको खुलेपछि ती किशोरीलाई दुल्लूबजारको डेराबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घर लिप्ने माटो खन्दै गर्दा स्थानीय महिलाहरुले आइतबार मृतअवस्थामा गाडेको नवजात शिशुको टाउकोको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

सोही खबरको आधारमा अनुसन्धानपछि नवजात शिशुको आमा जमुना रावल भएको खुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!