ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा ओखलढुंगाका एक युवकको मृत्यु, एक घाइते

Posted on: 05 Feb, 2018

माघ २२, ललितपुर । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको ज्यान  गएको छ ।

गए राति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रेमबहादुरको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका भोजपुरका गणेश तिवारीको भने उपचार भैरहेको छ । कार्कीले जाँड खाएर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!