व्यवहारिक शिक्षामा जोड दिँदै गौरीशंकर क्याम्पस

Posted on: 05 Feb, 2018

ताराबहादुर महत । माघ २२, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले पछिल्लो समय आधुनिक शिक्षण प्रविधिको प्रयोगसँगै व्यवहारिक शिक्षामा जोड दिन थालेको छ ।



समय सान्दर्भिक विषयमा व्यवहारिक शिक्षा दिने उद्धेश्यका साथ सोमबार भुकम्प जानुका कारण र सुरक्षित हुने उपायको बारेमा अन्र्तक्रियात्मक कक्षा संचालन भएको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो । भुकम्पीय जोखिमबाट बच्न पुननिमार्ण गर्दा ध्यान दिनुपर्ने प्राविधिक विषयको बारेमा शहरी विकास जिल्ला कार्यान्वयन ईकाई दोलखाका प्रमुख एकराज अधिकारीले कक्षाको सहजीकरण गर्नुभएको थियो । कक्षाको सहजीकरण गर्नुहुँदै इन्जिनियर अधिकारीले भुकम्पपछिको पुननिमार्णको भईरहेको अवस्थामा भुकम्पीय जोखिमबाट सुरक्षित हुनका लागि भौतिक संरचना निमार्ण गर्ने बेलामा ध्यान पु¥याउनुपर्ने बताउनुभयो । 

शिक्षामा गुणस्तर बढाउनका लागि सैद्धान्तिक विषयको कक्षा मात्र पर्याप्त नभएकोले भुकम्प र पुननिमार्णसँग सम्बन्धित व्यवहारिक कक्षा संचालन गरिएको क्याम्पस प्रमुख केसीले बताउनुभयो । समय सान्दर्भिक विषयमा नियमित रुपमा विषय विज्ञबाट व्यवहारिक कक्षा संचालन गरिने केसीको भनाई छ । कक्षामा स्नातक तहका विद्यार्थी र प्राध्यापकहरुसमेतको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!