कपिलवस्तुमा प्रदेश ५ कै बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Posted on: 10 Feb, 2018

आभास पौडेल/माघ २७, कपिलवस्तु । "प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ" भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १(१) का प्रदेश सांसद बिष्णु पन्थी क्रान्तिकारीका केन्द्रिय सचीव नारायण खनाल बाणगंगा नगरपालिका बडा आठ (८) अध्यक्ष विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि र स्थानियहरुले रक्तदान गर्नु भएको थियो।

कार्यक्रम बाट (८२) बयासी  पोइन्ट रगत संकलन भएको र प्रदेश ५ कै बृहत कार्यक्रम भएको आयोजकले दाबी गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!