हुम्लाका आगलागीपीडितलाई राहत

Posted on: 11 Feb, 2018

माघ २८, हुम्ला | सर्केगाड गाउँपालिकाअन्तर्गत रोडीकोट –७ मा माघ १४ गते भएको आगलागीका पीडितलाई प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा तथा प्रदेशसभा सदस्य दलबहादुर रावल र जीवनबहादुर शाहीको टोलीले राहत वितरण गर्नुभएको छ । 

आगलागीपीडितलाई ज्याकेट, टिसर्ट, ट्राउजर र कम्बल १००–१०० थान, गलैँचा ३० थान, त्रिपाल २० थान, चामल १२ बोरालगायत राहत सामग्री दिइएको वडाअध्यक्ष कृष्णबहादुर जैसीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!