सिंचाई सचिव यादवको अन्त्येष्टि

Posted on: 12 Feb, 2018

आभास पौडेल/माघ २९, कपिलवस्तु । काठमाडौ फर्कने क्रममा शनिबार धादिङमा कार दुर्घटनामा परेर मृत्यु भएक सिंचाई मन्त्रालयका सचिव रामानन्द यादवको दाहसंस्कार गरिएको छ ।

गृहजिल्ला कपिलवस्तुको बहादुरगंजस्थित सुरही खोलामा संस्कारअनुसार सम्मानसहित अन्त्यष्टि गरिएको हो । यादवलाई दाजु छेदीप्रसादले दागबत्ती दिएका थिए । यादवको सम्मानमा शसस्त्र प्रहरीले शोक सलामी अर्पण गरेको थियो ।


यादवको दाहसंस्कारमा सिचाईमन्त्री संजयकुमार गौतम, सिंचाई राज्यमन्त्री अमरसिंह पुन, सिचाई सह–सचिव सागरकुमार राई, विभागका महानिर्देशक अशोक सिंह, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतका सरकारी अधिकारीले सहभागी भएका थिए ।

सचिवसंगै दुर्घटनामा ज्यान गुमाएकी कृष्णनगर नगरपालिका बहादुरगंजकी १५ वर्षीय उन्नती गुप्ताको पनि दाहसंस्कार गरिएको छ ।

सचिव यादव सवार बा २ झ ३१४० नम्बरको कार शनिबार धादिङको सलाङघाटस्थित त्रिशूलीमा नदीमा खसेको थियो । दुर्घटनामा यादवका २२ वर्षीय छोरा सन्तोष अझै वेपत्ता छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!