रसुवा जिल्ला आजदेखि साक्षर घोषित

Posted on: 12 Feb, 2018

माघ २१, रसुवा | जिल्लालाई आजदेखि साक्षर घोषणा गरिएको छ । 

जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेका अनुसार ९६.२९ प्रतिशत जिल्लावासी साक्षर भएको पाइएकाले सरकारी नीतिबमोजिम साक्षर जिल्ला घोषणा गरिएको हो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहन आचार्यले आज साक्षर जिल्ला घोषणा गर्नुभएको हो । पाँच गाउँपालिका रहेको जिल्लामा साक्षर हुनेमा १५ देखि ६० वर्ष उमेरभित्रका रहेको बताइएको छ । 

प्रदेशसभाका सदस्य प्रेम तामाङ तथा गाउँपालिकाका अध्यक्ष कालिकाका सीता अधिकारी, गोसाइँकुण्डका कैसाङनुर्पु तामाङ र उत्तरगयाका उपेन्द्र लम्सालले भावी सन्ततिलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सबै अभिभावकलाई आग्रह गर्नुभयो । - रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!