बझाङको एनसेल टावरमा बम विष्फोट

Posted on: 13 Feb, 2018

फागुन १, बझाङ । अज्ञात समूहले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–८, ग्वानीमा  रेहेको एनसेल टावरमा सुतली बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टावरमा अज्ञात समूहले मंगलबार बिहान बम विष्फोट गराएको प्रहरीले जानएको छ । 

बम विष्फोटबाट टावरमा राखिएका चार थान सोलारका पाता र ३ वटा ब्याट्रिमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!