अबैध रुपमा भित्रिएका झन्डै ९ हजार कुखुराको चल्ला नष्ट

Posted on: 14 Feb, 2018

मनिष गुप्ता/फागुन २, कपिलवस्तु । अबैध रूपमा नेपाल भित्रियाउन लागेको ८ हजार ९ सय १० वटा कुखुराको चल्ला नष्ट गरिएकाे छ । 


विशेष सुराकिकाे अधारमा खटिएकाे प्रहरी टाेलीले गए रति लक्ष्मीनगर वटा ४ हजार ५ सय १० तथा अजा बिहाना कुकुरभुकवा बटा ४ हजार ४०० वटा कुखुराकाे चल्ला समाति कृष्णनगर न.प.५ सुरहि खाेलामा नष्ठ गरिएकाे कृष्णनगर इप्रककाे प्रहरी निरिक्षक सुबाश गैरेले जानकारी दिनुभएकाे छ । 


गैरेका अनुसार हिजाे साझा सुराकि अाउदा १० हजारकाे अएकाे थियाे तर साझा ४५१० वटा समाते पछि रातभरि गस्ति गर्दै जादा बिहाना ५ बजे तिर ४ हजार ४०० गरि ८ हजार ९ सय १० वटा समाती नष्ठ गरेकाे जानकारी गैरेले दिएका छन । 

भारतमा बर्डफ्लु बढि मात्रामा फैलिएकाे हुनाले सस्ताे दर रेटमा भेटाएकाे हुनाले कुखुराकाे चल्लाकाे तस्करी भई रहेकाे कुरा गैरेले जानकारी गराएका छन । 


अबैध रूपमा भित्रि रहेकाे ८९१० वटा कुखुराकाे चल्ला मूल्य ४९००५० रूपैया रहेकाे कृष्णनगर ईप्रकाले जनाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!