गौरीशंकर क्याम्पसलाई जापानी क्लबको सहयोग

Posted on: 15 Feb, 2018

ताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त  बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ ।

भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतका लागि एओका क्लब अफ जापानले आर्थिक सहयोग गरेको छ । क्लबका संस्थापक स्वर्गीय डाक्टर इतारु कुरोजुमीको सम्झनामा २०६२ सालमा निर्मित तीन तले पक्की भवन मर्मतका लागि क्लबले ९५ हजार ५ सय १८ रुपैँया सहयोग गरेको हो । सहयोग रकम क्लबका प्रतिनिधि मिस्टर इगुछीले बिहिबार क्याम्पस प्रमुख शान्त केसीलाई एक कार्यक्रमकाविच हस्तान्तरण गरेका हुन ।

भवन मर्मतका लागि प्राप्त सहयोग रकमले भुकम्पले चर्किएको भवनमा आवश्यक मर्मत गरिने क्याम्पस प्रमुख केसीको भनाई छ ।

रकम हस्तान्तरण कार्यक्रममा दोलखाका समाजसेवी माधव शिवाकोटी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धर लगायतले मन्तव्य राख्नुहुँदै क्याम्पसको राम्रो व्यवस्थापन गर्न सके मात्र गुणस्तरिय शिक्षा प्रदान गर्न सकिने बताउनुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!