कैलालीमा यात्रुवाहक बस दुर्घटना, दुई दर्जन बढी घाइते

Posted on: 17 Feb, 2018

फागुन ५, कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ अत्तरियाबजारनजिकै शनिबार दिउँसो एक यात्रीबहाक बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।


टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीकाअनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!