दोलखाको इतिहाँसमै पहिलो पटक क्रिकेट प्रतियोगिता

Posted on: 19 Feb, 2018

ताराबहादुर महत । फागुन ७, दोलखा । जिल्ला व्यापी अन्तर माध्यामिक विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ । 


क्रिकेट संघ दोलखाद्वारा जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा जिल्लाका आठवटा विद्यालयका १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज मोर्डन नेपाल बोर्डिङ स्कुलले त्रिपुरा ग्लोरियस एकेडेमीलाई ९३ रन अन्तरले पराजित गर्दै विजयी भएको छ ।  मोर्डन नेपाल बोर्डिङ स्कुलले २ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । १ सय ७० रनको लक्ष्य पाएको त्रिपुराले जवाफी ब्याटीङ गर्ने क्रममा १२ ओभरमा अल आउट हुँदै ७६ रन मात्र जोड्न सकेको थियो । खेल १६ ओभरमा संचालन भएको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा क्रिकेट संघ दोलखाले प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा नेपाललाई चिनाउन क्रिकेट खेलले महत्वपुर्ण भुमिका खेलेको भन्दै दोलखामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलको भनाई छ । प्रतियोगिताका विजेताले २० हजार र उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

खेलको उद्घाटन पुर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले गर्नुभएको थियो । दोलखाको ईतिहाँसमै पहिलो पटक क्रिकेट संघ दोलखाको आयोजनामा क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगिता आगामी शुक्रबारसम्म संचालन हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!