बाजुरामा शंकास्पद बस्तु फेला

Posted on: 20 Feb, 2018

फागुन ८, बाजुरा | बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ । 

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो । 

उहाँले भन्नुभयो–“नेपाली सेनाको टोली बम निष्क्रिय पार्न जाँदैछ ।” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही खुल्न सकेको छैन । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!